काठमाडौं। भारतको ओडिसा राज्य सरकारले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युसम्बन्धी घटनामा अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन्।
सोमबार, २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गल्र्स होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।
ओडिसा राज्य सरकारले घटनासम्बन्धी अनुसन्धान गर्न समिति गठन गरेपछि, विश्वविद्यालयका सुरक्षागार्डहरूलाई पक्राउ गरिने र दोषी अधिकारीहरूलाई निलम्बन गरिने निर्णय लिइएको छ। “समिति गठन गरिसकेपछि, तथ्यहरूको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। विश्वविद्यालयमा भएका छात्राहरूको सुरक्षामा ध्यान दिँदै, ओडिसा सरकारले छिटो र निष्पक्ष न्याय उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।