आगामी आर्थिक वर्षको बजेट १९ खर्बको सीमामा रहने

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको सीमामा रहने

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्ब रुपैयाँको सीमामा रहने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै उक्त सीमा तोकेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको समितिले आगामी तीन आर्थिक वर्ष (२०८२/८३ देखि २०८४/८५) को राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण गरेको छ।

मध्यकालीन खर्च संरचना तयार

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा संघीय सञ्चित कोषबाट हुने खर्चका लागि स्रोतको सीमा तोक्दै मध्यकालीन खर्च संरचना तयार पारेको छ।

हालै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरी फागुनको पहिलो साताभित्र स्रोत अनुमान र खर्च सीमा निर्धारण प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरेको थियो। सोहीअनुसार योजना आयोगले प्रतिवेदन पेस गरेको हो।