काठमाडौं: अर्थ मन्त्रालयले गएको असोज दोस्रो साता बाढीपहिरोबाट क्षति पुगेका १३ सडक र १३ पुलसहित २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन ४ गते उक्त आयोजना पुनर्निर्माणका लागि बजेट माग गरेको थियो, जसअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सहमति दिने निर्णय गरेका हुन्।
पुनर्निर्माण हुने १३ वटा सडक आयोजना निम्नानुसार छन्:
अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरू पुनर्निर्माणका लागि पनि पहल गरेको छ। यसक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अस्थायी कार्यालय स्थापना गर्न र आवश्यक दरबन्दी सिर्जना गर्न सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ। सरकारले प्राकृतिक प्रकोपबाट क्षति भएका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने नीति अनुरूप आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।