

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम (तरलता) निरन्तर वृद्धि हुँदै गएको छ। बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरूको तरलता बढेको हो। नेपाल बैंकर्स संघ (एनबीए) का पछिल्ला तथ्यांकअनुसार, बर्तमान वर्षको माघ महिनासम्म बैंकहरूको कुल तरलता करिब १२ खर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरूको निक्षेप र कर्जा लगानी:
संघका अनुसार चालु आवको माघ महिनासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ। बैंकहरूले करिब ६० खर्ब निक्षेप संकलन गर्दा ४८ खर्ब २७ अर्ब ऋण लगानी गरेका छन्। यस अवधिमा बैंकहरूको लगानीयोग्य रकम ११ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। साथै, बैंकहरूको निक्षेप कर्जाको अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत रहेको छ।
चार प्रमुख बैंकहरूको निक्षेपमा वृद्धि:
संघको तथ्यांकअनुसार माघ महिनासम्म चार प्रमुख बैंकहरूले ४ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन्। ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। नबिल बैंकले ४ खर्ब ९९ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ खर्ब ४४ अर्ब, र राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
अन्य बैंकहरूको निक्षेप संकलन:
यस अवधिमा कृषि विकास बैंकले २ खर्ब ५६ अर्ब, सिटिजन बैंक इन्टरनेशनलले २ खर्ब, एभरेष्ट बैंकले २ खर्ब ६१ अर्ब, हिमालयन बैंकले ३ खर्ब, कमारी बैंकले ३ खर्ब ६१ अर्ब, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब, माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब, र नेपाल बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
त्यसैगरी, नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब, एनआईसी एशिया बैंकले ३ अर्ब २ अर्ब, एनएमबी बैंकले २ खर्ब ६१ अर्ब, प्राइम कमर्सियल बैंकले २ खर्ब ३८ अर्ब, सानिमा बैंकले २ अर्ब १३ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब ४३ अर्ब, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक अग्रणी:
एनबीएले प्रकाशित गरेको तथ्यांक अनुसार ग्लोबल आईएमई बैंक कर्जा प्रवाहमा अग्रणी रहेको छ। यस बैंकले माघ महिनासम्म ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। नबिल बैंकले ४ खर्ब ११ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, र राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
अन्य बैंकहरूको कर्जा प्रवाह:
यस अवधिमा हिमालयन बैंकले २ खर्ब ५० अर्ब, प्रभु बैंकले २ खर्ब ३४ अर्ब, एनएमबी बैंकले २ खर्ब ३२ अर्ब, नेपाल बैंकले २ खर्ब २४ अर्ब, एभरेष्ट बैंकले २ खर्ब २० अर्ब, सिद्धार्थ बैंकले २ खर्ब १६ अर्ब, र प्राइम कमर्सियल बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
चालु आवको सात महिनामा कृषि विकास बैंकले २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ, भने सिटिजन्स बैंक इन्टरनेशनलले १ खर्ब ६८ अर्ब, माछापुच्छ्रे बैंकले १ खर्ब ४३ अर्ब, नेपाल एसबीआई बैंकले १ खर्ब ३९ अर्ब, सानिमा बैंकले १ खर्ब ७७ अर्ब, र स्टान्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
सीडी रेसियो र लगानी योग्य क्षमता:
एनबीएका अनुसार यस अवधिमा बैंकहरूको औसत सीडी रेसियो ७९.३५ प्रतिशत कायम भएको छ। २० वाणिज्य बैंकहरूमध्ये अधिकांशको सीडी रेसियो ८० प्रतिशतभन्दा माथि रहेको छ। राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो क्रमशः ६३.९६ प्रतिशत र ६८.९७ प्रतिशत रहेको छ, जसले तिनीहरूको लगानीयोग्य क्षमता बढि रहेको जनाउँछ।
अन्य प्रमुख बैंकहरूको सीडी रेसियो:
कृषि विकास बैंकको सीडी रेसियो ७५.५३ प्रतिशत, सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत र कुमारी बैंकको ८१.८० प्रतिशत रहेको छ। अन्य बैंकहरूमा लक्ष्मी सनराइज बैंकको ८०.८० प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.६० प्रतिशत, नबिल बैंकको ८२.४४ प्रतिशत, नेपाल बैंकको ७३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत र नेपाल एसबीआई बैंकको ७५.४९ प्रतिशत रहेको छ।
संघका अनुसार एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, र सिद्धार्थ बैंकका सीडी रेसियो पनि उच्च रहेको छ।