काठमाडौं, १७ भदाै । चौथो खेलमा आइतबार सिंगापुरलाई ४ विकेटले हराउँदै नेपालले आगामी एसिया कप क्रिकेट खेल्ने सम्भावना कायमै राखेको छ। मलेसियामा जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको हो।
अब अन्तिम खेलमा मंगलबार हङकङलाई हराउन सकेमा नेपालको शीर्ष दुईस्थानमा पर्ने सम्भावना कायमै रहन्छ। त्यसका लागि यूएई र ओमानमध्ये एक टोलीले कम्तीमा दुई वटा हार ब्यहोर्नु पर्ने छ।