नृत्य प्रतियोगितामा पन्चकन्या विद्या मन्दिर पहिलो

नृत्य प्रतियोगितामा पन्चकन्या विद्या मन्दिर पहिलो

काठमाडौं । नेपाल स्काउट, बागमती प्रदेश स्काउट र स्थानीय स्काउट कार्यालय  चितवनकाे रत्ननगरको आयोजनामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता स्काइराइडर आवासीय माध्यमिक विद्यालय प्राविधिक तथा जीवन उपयोगी शिक्षाु मा सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक गिरिराज कंडेलको सभाध्यक्ष, रत्ननगर नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक प्रलाद सापकोटाको प्रमुख आतिथ्य, नगर उप–प्रमुख यादव प्रसाद पाठक, स्काउटका राष्ट्रिय सह–प्रमुख आयुक्त इन्दु सुवेदी, वडा नं १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे र प्याव्सन चितवन अध्यक्ष मदन पुरीको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो।
यस्तै बागमती प्रदेश कार्यसमिति आयुक्त जमुना शर्मा, स्काइराइडर स्कुल निर्देशक दुर्गा पुरी र एलटी दिनेश पाण्डेको आतिथ्यमा आयोजित सो कार्यक्रममा स्थानीय शैक्षिक पद्धति आयुक्त रमेशचन्द्र आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

अतिथिहरुको स्वागत स्थानीय प्रमुख आयुक्त देवेन्द्र न्यौपानेले गर्नुभएको सो कार्यक्रम स्थानीय सदस्यता वृद्धि आयुक्त लक्ष्मी भट्टले सञ्चालन गर्नुभएको हो ।
कार्यक्रममा २५ वटा स्कुलहरुको सहभागिता रहेको थियो।

प्रतियोगिताको नतिजा यस प्रकार रहेको छ
प्रथम : पञ्चकन्या विद्या मन्दिर
द्वितीय : शिक्षा विकास इंग्लिश स्कूल
तृतीय : प्यारागन मा वि
सान्त्वना : स्काइराइडर आ मा वि