फ्राइडे रिलिज: ‘दुखी आत्मा’ र ‘रंगी’ आजदेखि प्रदर्शनमा

 फ्राइडे रिलिज: ‘दुखी आत्मा’ र ‘रंगी’ आजदेखि प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका छन्। ‘दुखी आत्मा’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् भने ‘रंगी’मा सलोन बस्नेत, नम्रता श्रेष्ठ र दिलीप रायमाझीले अभिनय गरेका छन्। यी दुई चलचित्रमध्ये ‘रंगी’ले तुलनात्मक रूपमा कम शो पाएको छ, जबकि ‘दुखी आत्मा’ले दर्शकको उत्साहजनक साथसहित धेरै शो पाएको छ।