काठमाडौं । निजामती सेवाबाट श्रेणी हटाउने र तहगत संरचना लागू गर्ने सहमति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जुटेको छ। संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै प्रमुख दलका सांसदहरू तहगत संरचनामा जान सहमत भएका हुन्।
प्रस्तावित विधेयकको दफा ६ मा तहगत संरचनासँग सम्बन्धित व्यवस्था राखिने छ। छलफलको अन्तिममा समिति सभापति रामहरि खतिवडाले यो संरचना स्पष्ट भएको र विधेयकमाथि समायोजन गरिने बताएका छन्।
तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने विषयमा सहमति जुट्न सकेको छैन। सभापति खतिवडाका अनुसार यसबारे पुनः छलफल गरिनेछ।