अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा

काठमाडौं । आगामी फागुन ५ देखि दशरथ रंगशालामा आयोजना हुने चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता का लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ।

प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय नेपाली टोली सार्वजनिक गरेका हुन्। एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहने टोलीमा दुई नयाँ खेलाडी मनमाया दमाइ र सुष्मा तामाङले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

नेपालको अन्तिम टोली

गोलरक्षक: एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाइ
मिडफिल्डर: अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड: साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी

टिमबाट ७ खेलाडी बाहिरिए

अन्तिम छनोटमा ३० खेलाडीबाट ७ खेलाडी बाहिरिएका छन्।
गोलरक्षक: साबित्री किसन, सुजाता तामाङ
डिफेन्डर: सजनी थोकर, प्रतिक्षा चौधरी
मिडफिल्डर: सम्झना लावती, बिर्सना चौधरी
फरवार्ड: ममता पुन

साफ च्याम्पियनसिपका क्रममा घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा मनमाया दमाइ र सुष्मा तामाङ टोलीमा समावेश भएका छन्।

नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता

नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित चारदेशीय महिला फुटबल प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको हो। प्रतियोगिता सहभागी हुन कीर्गिस्तानको टोली आज नेपाल आइपुग्दै छ भने बाँकी दुई टोली फागुन २ गते काठमाडौं आउने छन्।

टोलीहरूका लागि एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।