भातृ संस्थाको महाधिवेशनबारे कांग्रेसको छलफल आज

भातृ संस्थाको महाधिवेशनबारे कांग्रेसको छलफल आज

काठमाडौं । नेपाली कांग्रेसले भातृ संस्थाको महाधिवेशन गराउने विषयमा आज छलफल गर्दैछ। यसका लागि पार्टी सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षहरू र निर्देशन समिति सदस्यहरूबीच संयुक्त बैठक बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको समन्वय र सहजीकरणबारे छलफल हुनेछ। कांग्रेसले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइसकेको छ।

हाल कांग्रेसका १३ भातृ संस्थामध्ये निर्वाचित समिति रहेको संस्था दुईवटा मात्रै छन्, भने अन्य सबै तदर्थ समितिबाट सञ्चालित छन्।