काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से १.८६ अंकले वृद्धि भएर २६८५ अंकमा कायम भएको छ। परिसूचकमा थोरै वृद्धि भए पनि कारोबार रकम उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोड पुगेको छ।
१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। विशेष रूपमा विकास बैंक, फाइनान्स, र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। विकास बैंक १.३३%, फाइनान्स १.५६% र लगानी समूह १.२२% ले बढे।
जीवन बीमा समूह ०.४८% ले बढेको छ भने बैंकिङ ०.०९%, होटल तथा पर्यटन ०.६३%, हाइड्रोपावर ०.०४%, उत्पादन ०.३१%, माइक्रोफाइनान्स ०.११%, निर्जीवन बीमा ०.०३%, अन्य ०.४७% र व्यापार समूह ०.९१% ले घटेका छन्।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १०% ले बढेको छ भने रिभरफल्स पावर ८.०२%, न्यादी हाइड्रोपावर ७.५९%, ग्रीन डेभलपमेन्ट बैंक ७.४६%, सिन्धु विकास बैंक ७.०८% र भूगोल इनर्जी ७.०७% ले बढेका छन्।
त्यस्तै, उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य १०% ले घटेको छ। रसुवागढी हाइड्रोपावर ९.३% र बाराही हाइड्रो ४.८% ले घटेका छन्। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभरफल्स पावर, न्यादी हाइड्रोपावर, र सप्तकोशी विकास बैंक अग्रस्थानमा रहेका छन्।