सामाजिक सञ्जाल विधेयकबारे शान्ति समाज रुपन्देहीमा नागरिक संवाद : हुबहु पास गरे आन्दोलनमा जाने

सामाजिक सञ्जाल विधेयकबारे शान्ति समाज रुपन्देहीमा नागरिक संवाद : हुबहु पास गरे आन्दोलनमा जाने

बुटवल । मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयाेजनामा सामाजिक सञ्जाल विधेयक सम्बन्धि समतलीय गाेलमेच नागरिक संवाद सम्पन्न भएकोछ । कार्यक्रममा जिल्ला सभापति अर्जुन ज्ञवालीले सामाजिक संवाद विधेयक बारे शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए।

प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्वसभापति गाेविन्द खनालले सरकारले प्रस्तुत गरेकाे नियमन सम्बन्धि विधेयकमा अभिव्यक्ति स्वतन्त्रतामा आँच आउने धेरै प्रावधानहरु रहेकाेले त्यसलाई हटाउनुपर्ने बताएका छन्। उनले उक्त विधेयक हुबहु पारित भए शान्ति समाज आन्दोलनमा जाने घोषणा गरे।

विधेयकका सन्दर्भमा नेपाली काङ्ग्रेसका नेता युवराज गिरीले सामाजिक सञ्जाललाई मर्यादित बनाउनु पर्ने बताए। वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नियमनकाे नाममा राज्यलाई स्वच्छाचारी बनाएर जनताकाे अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने बताए।

कार्यक्रममा भाग लिदैँ उपस्थित दुई दर्जन वक्ताहरुले सरकारद्वारा प्रस्तुत विधेयकका दश बुँदाहरुमा छलफल गरी विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । सरकारद्वारा प्रस्तुत हुन लागेकाे सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयककाे विषयमा सहभागीहरुले सामाजिक सञ्जाल विधेयकले माैलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउने नाममा नियन्त्रण र कुण्ठित गर्न नहुने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, नेमकिपाका नेता सुन्दर वासी, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, नेकपाका नेता शरद वली, पत्रकार महासंघ रुपन्देही सल्लाहकार विनोद परियार, वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, काङ्ग्रेस नेता ज्योति भण्डारी, वरिष्ठ लेखक ऋषि आजाद, युवा नेता देवराज पोखरेल, पत्रकार कृष्ण खनाल, शङ्करप्रसाद पोखरेल, राज्य टिभीका अध्यक्ष विष्णु भुसाल, अनलाइन खबर सम्वाददाता टिआर शर्मा, उपभोक्ता संरक्षणका अध्यक्ष समुन्द्र जिसी, वरिष्ठ पत्रकार दामोदर खनाल, इन्जिनियर सागर भुसाल, टुन टेक्नोलोजीका सिइयो राजिव गौतमले विधेयकबारे आफ्नो धारणा राखेका थिए ।

नागरिक संवाद कार्यक्रमकाे अध्यक्षता जिल्ला सभापति अर्जुन ज्ञवालीले गरेका थिए भने प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्वसभापति गोविन्द खनाल रहेका थिए । कार्यसमिति सदस्य सिता पौडेलले स्वागत गरेकी थिइन् भने उपसभापति कृष्ण पाण्डेको धन्यवाद तथा सचिव लिलाधर लुइँटेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा केन्द्रीय सचिव डिपि खनाल, केन्द्रीय सदस्य रत्ना कंडेल, केन्द्रीय बिभागका सदस्य खिम (कृष्ण) भट्टराई, कोषाध्यक्ष मोहनिलाल न्यौपाने, नेपाल प्रेस युनियन रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, बिबिसी सम्वाददाता माधव नेपाल, कान्तिपुर सम्वाददाता अमृता अनमोल, शान्ति समाजका कार्यसमिति सदस्य सागर भुसाललगायत अभियन्ता, सञ्चारकर्मी, सरोकारवालाहरुको उपस्थिति रहेको थियो।