कमलपोखरी म:म पसल ग्यास विस्फोटः घाइते दुईजनाको मृत्यु

कमलपोखरी म:म पसल ग्यास विस्फोटः घाइते दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उपचाररत रविन राई र भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

परिसरका एसपी अपिलराज बोहोरा का अनुसार सोमबार उपचारका क्रममा दुवैजनाले ज्यान गुमाएका हुन्। गत बिहीबार पसलमा भएको विस्फोटमा ११ जना गम्भीर घाइते भएका थिए, जसको कीर्तिपुर अस्पतालमा उपचार जारी रहेको छ।