यति एयरलाइन्सको जहाज विमानस्थलमा दुर्घटनामा: सबै यात्रु सकशुल

यति एयरलाइन्सको जहाज विमानस्थलमा दुर्घटनामा: सबै यात्रु सकशुल

फाइल तस्बिर:

काठमाडौँ, १६ भदौ । यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौँ आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर केही यात्रु सामान्य घाइते भएका छन्। दुर्घटनामा जहाजमा केही क्षति पुगेको विमानस्थल स्रोतले बताएको छ।

शनिबार बेलुकी नेपालगञ्जबाट आएको यतिको जेटस्ट्रिम– ४१ जहाज दुर्घटनामा परेको हो। विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार उक्त जहाजमा यात्रा गरिरहेकामध्ये केही यात्रु जहाज चिप्लिएपछि घाइते भएका थिए। घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनाएकाे छ । विमानका यात्रु सकुसल रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।