काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। दिउँसो १ बजे सुरू हुने बैठकमा विभिन्न विधेयकहरू पेश हुनेछन्। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी (नियमन) विधेयक, २०८१” पेश गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभाबाट उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७” माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, सो विधेयक पारित गराउन पनि प्रस्ताव पेश गर्ने सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।