काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन्। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्रको मूलतत्त्व संसदबाटै ऐन, कानुन बनाउनेमा विश्वास व्यक्त गरे।
‘अध्यादेशबाट देश चलाउनु निरंकुशताको सुरुवात हो,’ उनले भने, ‘नेपालको संसदलाई सम्मान गर्दै ऐन र कानुन बनाउनु पर्छ। लोकतन्त्रमा हामी संसदबाटै सबै प्रक्रिया अघि बढाउनुपर्छ। हामीले संसदलाई छलेर जान खोज्दा त्यो असफल हुनेछ।’
उनले नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने विचार पहिलो पटक आफूले अघि सार्ने व्यक्तिका रूपमा उल्लेख गर्दै भने, ‘म ओलीजीसँग दुई-चार राउन्ड कुराकानी गरिसकेको थिएँ, त्यसपछि भनेको हो।’