

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ आज प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ। सोमबारको बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहित विधेयकको माथि छलफल गर्न प्रस्ताव पेश गरेका थिए।
सांसदहरूको छलफलपछि अर्थमन्त्री पौडेलले उठाइएका प्रश्नहरूको जवाफ दिइसकेपछि विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गरे। यस प्रस्तावलाई सर्वसहमतिमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ।