काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पहिलोपटक चलचित्र ‘लाज शरणम्’को गीतमा स्वर दिएका छन्। सोमबार सार्वजनिक भएको ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर रहेको छ। यस गीतले विकसित नेपालको परिकल्पना गरेको छ र बालेनको मेयर पदको बादको पहिलो सार्वजनिक गीत हो।
‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगोनि’ को टिमले बनाएको चलचित्र हो, जसको निर्देशन कुमार कट्टेलले गरेका छन्। चलचित्रमा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् र अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ। यो चलचित्र जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो र नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन्।
यस्ताे छ गीत