

काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । हिजो साढे ११ अंकले घटेको नेप्से परिसूचक आज पनि १०.९८ अंकले घट्दै २,६७७.३२ विन्दुमा झरेको छ । अन्य र व्यापार समूहबाहेक सबै समूहका शेयर ओरालो लागेका छन् ।
बजारमा सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । तर, समग्र बजार घटे पनि न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आजको कारोबारमा १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर किनबेच भएका छन्, जसबाट ६ अर्ब ९६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार नेपाल रिपब्लिक मिडिया कम्पनीको भएको छ, जसको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।