एकीकृत समाजवादीको नीति र कार्यक्रम जनपक्षीय र देशको हितमा छ :नेता खनाल

एकीकृत समाजवादीको नीति र कार्यक्रम जनपक्षीय र देशको हितमा छ :नेता खनाल

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका नीति र कार्यक्रमहरू देश र जनताको पक्षमा रहेको बताएका छन्।

आज बिहान सञ्चारकर्मीसँगको संवादमा नेता खनालले अन्य पार्टीका तुलनामा एकीकृत समाजवादीको नीति र कार्यक्रम राम्रो भएको दाबी गरे। उनले वर्तमान सरकारलाई ढालेर अर्को जनमुखी सरकार निर्माण गर्ने अवस्था नरहेको स्पष्ट पारे।

उनले भने, “वामपन्थीहरू अब टाउको गनेर होइन, नीति र कार्यक्रमको आधारमा मिल्नुपर्छ र देश तथा जनताको पक्षमा देखिने गरी काम गर्नुपर्छ।” नेता खनालले दिगो विकास र समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, वर्तमान संविधानको सिंहावलोकन गर्ने समय आएको र सम्झौताका आधारमा ल्याइएको संविधानमा आवश्यकताअनुसार संशोधन गर्न सकिने स्पष्ट पारे।