काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै एकता हुने संकेत दिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँगको एकता प्रक्रियामा सकारात्मक प्रगति भएको कुरा बताएका हुन्।
चौधरीले भने, “जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ।” यसका साथसाथै उनले नेपाली राजनीतिमा वैकल्पिक पार्टीहरूको एकता महत्वपूर्ण हुने कुरा पनि जोडेका छन्। नाउपा र जनमत पार्टी बीच एकता प्रक्रियामा सकारात्मक निष्कर्ष आएको स्रोतले जानकारी दिएको छ।
२०७९ को चुनावमा दुवै पार्टीले अप्रत्यासित सफलता प्राप्त गरेको थियो, र उनीहरूको प्रदेशतर्फ बलियो उपस्थिति छ।