काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आजबाट काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ।
आगामी माघ २९ गतेसम्म चल्ने महाधिवेशनमा पुराना दलहरूलाई सहभागी गराइएन, वैकल्पिक शक्तिलाई मात्र निम्तो दिइयो। महाधिवेशनको उद्घाटन सत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायतका नेताहरू सहभागी छन्।
यस महाधिवेशनमा १,५०० प्रतिनिधिले भाग लिँदै ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्। पुराना दलहरूलाई अलग राख्ने निर्णयलाई नेपाली राजनीतिमा नयाँ प्रयोगको रूपमा हेरिएको छ।