

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीन नेपाली चलचित्र ‘ममी’, ‘जुना’ र ‘सारंग’ प्रदर्शनमा आएका छन्। समर निरौलाको निर्देशनमा बनेको ‘ममी’ मा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन्।
प्रशान्त तामाङ निर्देशित ‘सारंग’ ले बालमनोविज्ञानको कथा उठान गरेको छ। यस चलचित्रमा ऋचा शर्मा, उत्पल झा लगायत कलाकारको अभिनय छ। जीवन सेन्चुरीको निर्देशनमा बनेको ‘जुना’ बालविवाहको विषयवस्तुमा आधारित छ। यसमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट लगायत कलाकारले अभिनय गरेका छन्।