नागरिक लगानी कोषको नाफा बढ्यो

नागरिक लगानी कोषको नाफा बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २८ अर्ब ७० करोड ८० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८७.३१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुल आम्दानी १२.४३ प्रतिशतले बढेको छ भने कुल खर्च ६.१४ प्रतिशतले बढेको छ।

नाफा बढे पनि प्रतिशेयर आम्दानी (EPS) भने घटेको देखिएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसाले घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ।