काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
बुधबार मध्यान्न साढे ११ बजेतिर ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा प्रहरी जवान महिला मृत फेला परेकी हुन् । बर्दिया घर भएकी निशा चौधरी ब्यारेकको पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।