पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्याण्ड्ससँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं । त्रिदेशीय महिला टी-२० शृङ्खलामा लगातार चार खेल गुमाएको नेपाली महिला क्रिकेट टिम पहिलो जितको खोजीमा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरू हुनेछ।

उपाधि होडबाट बाहिरिसकेको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसकेको दबाब छ। नेदरल्याण्ड्सले यसअघि दुई खेलमा नेपाललाई पराजित गरिसकेको हुँदा ऊ उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले, दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले, तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले, र चौथो खेलमा थाइल्याण्डसँग पाँच रनले पराजित भएको थियो।

ब्याटिङ, बलिङ, र फिल्डिङमा सुधार आवश्यक देखिएको नेपाल अहिले पहिलो जितका लागि संघर्षरत छ। अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ, नेदरल्याण्ड्स चार अंकसहित दोस्रो स्थानमा छ, भने नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ।