सभामुखद्वारा प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक आह्वान

सभामुखद्वारा प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक आह्वान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गरिनेछ। सरकारका अध्यादेशहरूप्रति प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला बिहीबार बस्ने संसद बैठकअघि छलफल गर्न सभामुखले प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका हुन्।

प्रतिनिधि सभामा प्रमुख दलका प्रमुख सचेतकहरूमा नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश वर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र राप्रपाका ज्ञानेन्द्र शाही रहेका छन्।