देशभर एचपीभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई लक्षित

देशभर एचपीभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई लक्षित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्।

विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरे।

फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो अभियानमार्फत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।