तीन संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

तीन संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाका तीन संसदीय समितिको बैठक आज बस्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज तोकिएको समय अनुसार बस्नेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ, जसमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न १२:३० बजे बस्नेछ। यस बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। यस बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूका विषयमा प्रदेश सरकारका वनमन्त्रीहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।