

काठमाडौ, १६ भदाै । नेपाली कांग्रेसको विद्यान मस्यौदा समितिले अागामी साता भित्र प्रारम्भिक मस्यौदा तयार पार्ने तयारी गरेकाे छ। विधान मस्यौदा समितिको हिजाे बसेको बैठकले प्रारम्भिक मस्यौदा बनाउन तीनवटा उपसमिति गठन गरेकाे छ। मस्यौदा समितिले संरचनासम्बन्धी उपसमिति, कार्यविभाजन सम्बन्धी उपसमिति र आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमिति गठन गरेको हो।
पार्टीलाई नयाँ संरचनामा लैजान आवश्यक पर्ने विधानको मस्यौदा तयार पार्न कांग्रेसले पार्टी महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान मस्यौदा समिति बनाएकाे छ । समितिको हिजाे बसेकाे बैठकले आधिकारिक धारणा सार्वजनिक गर्न समितिको प्रवक्तामा रमेश लेखकलाई तोकेको छ। याे खबर अाजकाे अन्नपूर्ण पाेष्टबाट लिएका हाैँ ।
पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषय तथा सिद्धान्तको पहिचान पछि प्रारम्भिक मस्यौदा एक साता भित्र तयार गरी सक्ने गरी तीन उपसमिति बनाएको कांग्रेसले जनाएको छ।
यसअघि समितिले २१ भदौ भित्र सबै पक्षसँग सुझाव संकलन गर्ने निर्णय गरेको थियो। २१ भदौमा सुझाव संकलन भइसके पछि समितिले प्रारम्भिक मस्यौदा बनाउने नेता रमेश लेखकले बताए। प्रारम्भिक मस्यौदा बनेपछि समितिले सातवटै प्रदेशमा छलफल चलाउने योजना बनाएको छ।