राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण सम्पन्न, सरस्वती पूजामा विशेष सहभागिता

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण सम्पन्न, सरस्वती पूजामा विशेष सहभागिता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन्। परम्परागत रूपमा मनाइने यस विशेष कार्यक्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे। नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान, शिक्षा र संस्कृतिको प्रवर्द्धन गर्ने यस पर्वको महत्त्वलाई उजागर गरे। वसन्त पञ्चमीको दिन वसन्त श्रवण गर्नु सुख, शान्ति र समृद्धिका लागि शुभ मानिने जनविश्वास रहिआएको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।