राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी र सरस्वती पूजाको अवसरमा शुभकामना

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी र सरस्वती पूजाको अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण तथा सरस्वती पूजालाई जीवनलाई उर्जाशील बनाउने र नवीन खोजतर्फ प्रेरित गर्ने पर्वका रूपमा उल्लेख गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले ज्ञान, विद्या र सिर्जनशीलताको अभिवृद्धि गर्ने यस पर्वले समाजलाई सकारात्मक दिशामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले विद्याकी देवी सरस्वतीको आराधना गरी बालबालिकालाई विद्यालय भर्ना गराएर अक्षरारम्भ गराउने परम्पराले शिक्षा तथा ज्ञानको महत्त्व झल्काउने बताए। साथै, सङ्गीत प्रेमीहरूका लागि पनि यो विशेष दिन मानिन्छ।

वसन्त पञ्चमीलाई शुभकार्यको प्रारम्भका लागि पनि उत्तम दिन मानिन्छ। विवाह, व्रतबन्धजस्ता संस्कारका लागि यो दिन उपयुक्त रहेको विश्वास रहिआएको छ।

सरस्वती जन्मोत्सवका रूपमा समेत मनाइने वसन्त पञ्चमीले वसन्त ऋतुको आगमनसँगै नेपाली जनजीवनमा नयाँ उमङ्ग थप्ने बताउँदै राष्ट्रपति पौडेलले यो पर्वले धार्मिक तथा सांस्कृतिक एकता कायम गर्न योगदान दिने विश्वास व्यक्त गरे। साथै, यस अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे।