विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघ्यो, १४ महिनासम्मको आयात धान्न सक्षम

विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघ्यो, १४ महिनासम्मको आयात धान्न सक्षम

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको छ।

अमेरिकी डलरमा सञ्चिति १०.३ प्रतिशतले बढेर पुस मसान्तसम्म १६ अर्ब ८४ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४.३ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ।

पछिल्लो आयात तथ्यांकअनुसार हालको सञ्चितिले १४.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्छ, जबकि वस्तु आयात मात्र हेर्दा १७.३ महिनासम्म पर्याप्त हुने अनुमान गरिएको छ।