चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (विज्ञप्तीसहित)

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (विज्ञप्तीसहित)

काठमाडौं, १६ भदाै । चिकित्सक संघले भाेलिदेखि देशभरको स्वास्थ्य सेवा बन्द गर्ने तयारी जनाएको छ । सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता), ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।