सीता राना मगरको कीर्तिमानी बलिङ, नेपालका लागि ऐतिहासिक प्रदर्शन

सीता राना मगरको कीर्तिमानी बलिङ, नेपालका लागि ऐतिहासिक प्रदर्शन

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएकी छिन्।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेलेको खेलमा सीताले ३ ओभरमा मात्र १२ रन खर्चिएर ५ विकेट लिइन्। यससँगै उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो व्यक्तिगत उत्कृष्ट बलिङ प्रदर्शन पनि सुधार गरिन्। यसअघि उनले १६ रन खर्चेर ५ विकेट लिएकी थिइन्।

सीताले सन् २०२३ को अगस्टमा मलेसियामा भएको सिरिजमा हङकङविरुद्ध ४ ओभरमा ५ विकेट लिँदै नेपाललाई शानदार जित दिलाएकी थिइन्। त्यस खेलमा नेपालले हङकङलाई ८४ रनमा समेट्दै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

कीर्तिपुर मैदानमा आइतबारको खेलमा सीताले विशेषगरी अन्तिम ओभरहरूमा शानदार प्रदर्शन गरिन्। १८औं ओभरमा ३ विकेट लिँदै मात्र १ रन खर्चेकी उनले २०औं ओभरमा थप २ विकेट झार्दै ४ रन मात्र दिइन्। अन्तिम दुई ओभरमा जम्मा ५ रन खर्चेर ५ विकेट लिने उनको उत्कृष्ट प्रदर्शनकै कारण नेदरल्यान्ड्स १४० रनमै रोकियो। सीताको बलिङ नेपालका लागि ऐतिहासिक रह्यो, जसले नेपाली महिला क्रिकेटको स्तरलाई नयाँ उचाइमा पु¥याएको छ।