सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

म्याग्दी। सहकारी ठगी प्रकरणमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापालाई आज प्रहरीले पक्राउ गरेको हो।

उनीसहितकाे समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । थापालाई गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।