काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकिएको कारण केही समय कठिनाइ आएको भए पनि अब अर्थ मन्त्रालयले ती दायित्व पूरा गरेर अघि बढेको बताएका छन्।
महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले लिएको भुक्तानी दायित्व पूरा गरेपछि अब निर्माण व्यवसायीहरूको बिलअनुसारको भुक्तानी रोकिने छैन भने। उनले थपे, “हामीलाई केही समय अप्ठेरो लागेको थियो, तर कानूनी प्रक्रियाअनुसार दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको छ। अघिल्लो वर्षको भुक्तानी सकेर हामी अघि बढेका छौँ र अहिले कसैले बिल प्रस्तुत गरेपछि भ्याट बुझाउनुपर्छ भने भुक्तानी समस्याविना दिने अवस्था बनेको छ।”
पौडेलले सरकारले आर्थिक क्षेत्रलाई थप सक्रिय र लगानीको वातावरणलाई सहज बनाउनका लागि आर्थिक अध्यादेशमार्फत कानूनहरूमा सुधार गरिएको पनि जानकारी दिए।