अमेरिकाले क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा नयाँ भन्सार दर लागू गर्यो

अमेरिकाले क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा नयाँ भन्सार दर लागू गर्यो

एजेन्सी । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार दर लागू गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका यी नयाँ दरहरूअनुसार, क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाइनेछ।

क्यानडा र मेक्सिकोले भने अमेरिकाको यो कदमको जवाफमा आयात शुल्क थप्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार, क्यानडा र मेक्सिकोबाट आएको गैरकानूनी फेन्टनिल औषधिको मुद्दामा यो भन्सार शुल्क थपिएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली संघ (EU) का लागि पनि भविष्यमा आयात शुल्क लगाउने योजना राखेका छन्। साथै, क्यानडाबाट आयात हुने तेलमा पनि नयाँ भन्सार दर १८ फेब्रुअरीबाट लागू हुने बताइएको छ। अमेरिकामा ल्याइने कच्चा तेलको झन्डै ४० प्रतिशत हिस्सा क्यानडा बाट आयात हुन्छ।

चीन, क्यानडा र मेक्सिको अमेरिका का प्रमुख व्यापार साझेदार हुन्। पछिल्लो तथ्याङ्कअनुसार, यी तीन देशहरूको संयुक्त व्यापारले अमेरिकाको कुल आयातको ४० प्रतिशत हिस्सा बनाउँछ। विशेषत: सन् २०१८ देखि, चीनबाट आयात हुने सामानको मात्रा घटेको देखिन्छ।