संविधान संशोधनको बहस थाती रहेको कांग्रेस नेता निधिको भनाई

संविधान संशोधनको बहस थाती रहेको कांग्रेस नेता निधिको भनाई

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले हाल संविधान संशोधनबारेको बहस ओझेलमा परेको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनकालीन सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समेटिएको भए पनि अहिले त्यसबारे छलफल हुन छाडेको गुनासो गरे।

निधिले नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई विशेष प्राथमिकताका साथ उठाइरहेको बताउँदै, आवश्यक परे पुनः छलफलको वातावरण सिर्जना गरिने उल्लेख गरे। उनले संविधान संशोधनका लागि दुई-तिहाइ बहुमत आवश्यक भए पनि कानुन निर्माण र संशोधन बहुमतका आधारमै गर्न सकिने बताए। उनले संविधान संशोधनका साथै कानुन निर्माणलाई पनि उत्तिकै आवश्यक भएको बताए।