नेदरल्याण्ड्सविरुद्ध पुनरागमनको खोजीमा नेपाल, त्रिकोणात्मक सिरिजमा पहिलो जितका लागि मैदानमा

नेदरल्याण्ड्सविरुद्ध पुनरागमनको खोजीमा नेपाल, त्रिकोणात्मक सिरिजमा पहिलो जितका लागि मैदानमा

काठमाडौं । महिला त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

नेपाल र नेदरल्याण्ड्स यस सिरिजमा दोस्रो पटक भिड्न लागेका हुन्। पहिलो भेटमा नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो। सिरिजको तेस्रो खेल खेल्न लागेका दुबै टोली आ–आफ्नो जितको खोजीमा छन्। नेपालले सिरिजमा पहिलो जित दर्ता गर्न चाहन्छ भने नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछ।

यसअघि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग पनि हार व्यहोरेको थियो। नेदरल्याण्ड्सले पहिलो खेलमा नेपाललाई हराए पनि दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।

सिरिजमा नेपालका बाँकी खेल

📅 २ फेब्रुअरी (माघ २०) – नेदरल्याण्ड्ससँग
📅 ४ फेब्रुअरी (माघ २२) – थाइल्याण्डसँग
📅 ५ फेब्रुअरी (माघ २३) – नेदरल्याण्ड्ससँग
📅 ७ फेब्रुअरी (माघ २५) – थाइल्याण्डसँग

नेपाली महिला क्रिकेट टोली

  • कप्तान: इन्दु बर्मा
  • बिन्दु रावल
  • सम्झना खड्का
  • कविता कुवँर
  • ममता चौधरी
  • पुजा महतो
  • राजमती ऐरी
  • रुविना क्षेत्री
  • कविता जोशी
  • रोमा थापा
  • मनिषा उपाध्याय
  • अलिसा कुमारी यादव
  • रेवती धामी
  • इश्वरी बिष्ट
  • सिता राना मगर