मोन्टी देशाईसँग सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

मोन्टी देशाईसँग सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन् २०२३ मा दुई वर्षका लागि गरिएको सम्झौताको अवधि समाप्त भएसँगै क्यानले पुनः सम्झौता नगर्ने निर्णय लिएको हो।

मोन्टी देशाईको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठ्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। उनको नेतृत्वमा नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पायो भने १० वर्षपछि आईसीसी टी-२० विश्वकप खेल्न सफल भयो।

हालै मात्र उनले नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा समावेश गराएका थिए, जसले नेपाली क्रिकेटको भविष्य निर्माणमा सहयोग पुर्याउने विश्वास गरिएको छ। क्यानले नेपाली क्रिकेट टिमलाई सफलताको नयाँ उचाइमा पुर्याउन मोन्टी देशाईको महत्वपूर्ण योगदान रहेको भन्दै उनलाई धन्यवाद दिएको छ।