संविधान संशोधनमा बहुलवाद र समावेशी प्रतिनिधित्वको महत्वमा देउवाकाे जोड

संविधान संशोधनमा बहुलवाद र समावेशी प्रतिनिधित्वको महत्वमा देउवाकाे जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा बहुलवादमा आधारित शासकीय प्रणाली र समावेशी समानुपातिक प्रतिनिधित्वलाई प्रमुख आधार बनाउनु पर्नेमा जोड दिएका छन्।

संबिधान संशोधनका प्रारम्भिक छलफलहरू अघि बढिसकेको बताउँदै देउवाले यी उपलब्धिहरूलाई समाप्त गर्न दिनु नहुने बताएका छन्। “हामी राजनीतिक रूपमा अधिकार सम्पन्न भइसकेका छौं, अब आर्थिक रूपमा सबल हुन पनि जरूरी छ,” उनले भने।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमाले बीचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाए। उनले सरकारको कामको मूल्याङ्कनका लागि ६ महिनाको समय आवश्यक भएको बताउँदै, अहिलेसम्मको कार्यसम्पादनलाई राम्रो भएको टिप्पणी गरे। “सरकारले ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण सिर्जना गरेको छ, व्यवसायी उत्साहित छन्, र भूमिहीनलाई जग्गा मिलिरहेको छ,” देउवाले भने।

उनले अझै राम्रो काम हुनेमा आफैं विश्वस्त रहेकोसमेत जनाएका छन्।