एशिया कप छनाेटः नेपाल अाज मलेसियाबिरूद्द खेल्दै, ‘गर या मर’ को अवस्थामा नेपाल

एशिया कप छनाेटः नेपाल अाज मलेसियाबिरूद्द खेल्दै, ‘गर या मर’ को अवस्थामा नेपाल

काठमाडाैँ, १६ भदाै । मलेसियामा जारी एसीसी एसिया कप छनोटमा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा मलेसियासँग अाज खेल्दै ।

सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ । नेपालले अबको तीन खेलमा जित हात पारे ६ अंक हुनेछ । र छनोटको सम्भावना जीवितै हुनेछ । अबको कुनै एक खेल गुमाए नेपाल स्वत प्रतियोगिताबाट बाहिरिने छ ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् । पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको उक्त खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो। सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो।

यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।