काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन्। उनले गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। हाल भैरहवामा रहेका पूर्वराजा शाह बिहीबार गोरखपुर प्रस्थान गर्नेछन्। उनका संवाद सचिव फणीराज पाठकका अनुसार, यो भ्रमणका क्रममा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटवार्ता गर्नेछन्।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने परम्परा छ, जसलाई निरन्तरता दिने उद्देश्यले उनी गोरखपुर जान लागेका हुन्। सोही अवसरमा मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ मन्दिर पुग्ने जनाइएको छ।