काठमाडौं । अमेरिकाले गैरकानुनी रूपमा आफ्नो मुलुकमा बसिरहेका १४ लाखभन्दा बढी आप्रवासीलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा ठूलो संख्यामा नेपालीसमेत परेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अवैध आप्रवासीलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान तीव्र बनाइएको छ। अमेरिकी अध्यागमन कार्यालयका अनुसार हाल अमेरिकामा १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासी रहेको अनुमान छ, जसमा १,३६५ नेपाली छन्।
यसअन्तर्गत हजारौं आप्रवासीलाई पक्राउ गरिसकिएको छ। पक्राउ परेकाहरूलाई सैनिक विमानमार्फत सामूहिक रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी छ। राष्ट्रपति पदको सपथ ग्रहण गरेसँगै ट्रम्पले अवैध आप्रवासीलाई डिपोर्ट गर्न आदेश दिएका थिए, जसअनुसार अहिले व्यापक रूपमा कारबाही चलिरहेको छ।