नेकपा एमाले दैलेखका संस्थापक नै काँग्रेसमा प्रवेश

नेकपा एमाले दैलेखका संस्थापक नै काँग्रेसमा प्रवेश

दैलेख । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन को तयारी भई रहेको समयमा पार्टी प्रवेश गर्नेको चहलपहलले गर्दा पनि राजनैतिक दलमा कतै खुशी र कतै दुखी भएको पाईन्छ । विशेष गरेर दैलेखमा तत्कालीन नेकपा माओवादीले गरेको द्वन्द्वको घाउ अझै निको हुन नसकेको अवस्थामा वामपन्थी गठवन्धनबाट लोकतान्त्रिक गठवन्धन तर्फ पार्टी प्रवेश गर्नेको लाम लागेको देखिन्छ ।

जिल्लाका विभिन्न स्थानहरुमा भएको चुवानी सभाहरुमा काँग्रेसमा प्रवेश गर्नेहरु हजारौंको संख्यामा रहेको क्षेत्र नम्वर १ का चुनावी प्रसार प्रसार कमिटिका संंयोजक खेमराज केसीले बताए । यस्तै, द्वन्द्वको समयमा निकै नै प्रभावित क्षेत्र रहेको नौमुले गाउँपालिकाका नेकपा एमालेका दैलेख जिल्लाका संस्थापक भनेर चिनिने विद्याप्रसाद शर्मा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

एमाले भएर दैलेखमा शुरु देखी संगठनको विस्तारका लागि जिल्लाका दूर्गम स्थानहरुमा गएर दुखगरेको सम्झना गर्दै द्धन्द्धको समयमा पनि पार्टीको विस्तारका लागि आफूले सक्ने गरी काम गरेको बताउँदै शर्माले अहिले आएर त्यहि मान्छे मार्ने पार्टी माओवादीसँग घाँटी जोडेर चुनावी तालमेल गरेकोले पनि अब लोकतन्त्रको लागि नेपाली काँग्रेस सबै भन्दा उत्तम पार्टी रहेकोले नेपाली काँग्रेसमा प्रवेश गरेको बताए ।

एमालेको संगठन विस्तारमा स्वर्गीय पत्रकार साथी डेकेन्द्र थापासँगै गाउँगाउँमा हिँडेको याद अझै पनि आउने बताए । त्यसरी निर्मम हत्या गरिएका आफ्नो साथी डेकेन्द्र थापा सहित साथीहरुले विस्तार गरेको पार्टी एमालेले त्यहि डेकेन्द्रलाई मार्ने पार्टीसँग तालमेल गरेकोले पनि एमाले छोडनु परेको बताए । मान्छे मार्ने पार्टीको गठवन्धनले कहिले पनि चुनाव जित्दैन भन्दै शर्माले अबको जित लोकतन्त्र पक्षधरको भएको बताए ।

नेपाली काँग्रेसको चुनावी प्रसार प्रसार सचिवालयमा गरेको एक कार्यक्रममा नौमुले गाउँपालिकाबाट नेकपा एमाले र नेकपा एमाओवादी छोडेका ४ जना ईलाका स्तरीय नेताहरले नेपाली काँग्रेसमा प्रवेश गराउँदै लोकतान्त्रिक गठवन्धन नेपाली काँग्रेसका प्रदेश ख का उम्मेदवार जगतजंग थापाले नेपाली काँग्रेसले सदैव जनताको बीचमा बसेर जनताको लागि काम गरेको र जनतालाई सर्वाधिकार सम्पन्न मानेकोले पनि यस पटकको चुनाव लोकतान्त्रिक गठवन्धनले जित्ने निश्चित भएको बताए ।

उक्त कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ चुनावी प्रसार प्रसार कमिटिका संयोजक खेमराज केसीले अवको निर्वाचन वामपन्थीहरुको अधिनायकबातलाई परास्त गर्दै लोकतन्त्र पक्षधरले ने जित्ने बताए । नव आगन्तुक नेताहरुलाई नेपाली काँग्रेसको सदस्यता समेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला स्तरीय र नौमुले गाउँपालिकाका नेताहरुको उपस्थिति रहेको थियो ।