-अर्जुनदृष्टि-
बुटवल। एनएमबि बैंकले रुकुमको आठविसकोटमा आफ्नो २०२औं शाखाको उद्घाटन गरेको छ। स्थानीय ग्राहकहरूलाई लक्षित गर्दै सञ्चालनमा आएको यस शाखा एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। शाखा उद्घाटन गाउपालिकाका अध्यक्ष रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
समारोहमा बोल्दै गाउपालिका अध्यक्ष रवि केसीले आफ्नो गाउँपालिकालाई छनोट गरेर नयाँ शाखा स्थापना गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै यसले आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले बैंकले स्थापनाकालदेखि सुशासन, भ्यालु बेस र नागरिकमैत्री सेवामा केन्द्रित रहेको जानकारी दिए। उनले बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पनि आफ्नो विशिष्ट स्थान बनाएको बताए।
आधुनिक सेवा र वित्तीय पहुँचमा योगदान
लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले आठविसकोटमा वित्तीय पहुँच विस्तारका लागि शाखा स्थापना गरिएको उल्लेख गर्दै स्थानीय जनताले सहज र छिटोछरितो बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे। सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाले स्थानीय उद्यम प्रवर्द्धन र स्रोत साधनको उपयोगका लागि बैंकले यस क्षेत्रमा सेवा विस्तार गरेको बताए।
विशेष कार्यक्रमको आयोजना
समारोहमा गाउपालिकाका १४ वडाका अध्यक्षहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, प्रहरी प्रमुख, बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिति थियो। शाखा प्रबन्धक विवश घिमिरेले सुरक्षित बचत र सरल कर्जाजस्ता सेवामा प्रतिवद्धता व्यक्त गरे।
एनएमबि बैंकका उपलब्धिहरू
एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त अग्रणी वित्तीय संस्था हो। बैंकले “द ब्यान्कर” पत्रिकाबाट २०२१ मा ‘बैंक अफ द इयर एसिया’ उपाधि जित्नुका साथै चार पटकसम्म ‘बैंक अफ द इयर नेपाल’ को उपाधि पाइसकेको छ। हाल बैंकले २०२ शाखा, १३८ एटिएम, र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।