काठमाडौं । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ । माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।
साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।