दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडमा समेटियो कारोबार

दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब ९२ करोडमा समेटियो कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौं अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिन्धु विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक मूल्य बढ्नेमा न्यादी हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।