

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले व्यबसायिहरु सम्पत्ति शुद्धीकरण निवारणको सवालमा डराउन नपर्ने बताएका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजेको भन्दै सबै व्यापार व्यवसाय गर्नेहरु यसबाट डराउन नपर्ने बताए । उनले अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘सम्पत्ति शुद्धीकरण निवारणको कुरा गर्दै गर्दा अपराध हुनै नदिने अवस्थाको सृष्टि कसरी गर्ने त्यो कुरामा हाम्रो अलिकति अभाव भइरहेको छ । र छलफल पनि अलि कम भयो कि त्यसैले त्यहि विषयलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जति हामी नियमक संस्थाहरु छौं । उनीहरुले आफू माहतका सबै संस्थाले नियमन राम्रोसँग गदिर्नुपर्यो उहाँहरुले गरिराखेको काममा पादर्शिता छ कि छैन त्यसको मनिटर गर्नुपर्यो ।’
यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा डिजिटल कारोबारहरु बढेको भन्दै त्योसँगै डिजिटल माध्यमको कारोबारमा प्रशस्त ठगिहरु पनि बढेको बताए ।
उनले भने,‘पछिल्लो समयमा डिजिटल कारोबारहरु त बढ्दै गयो । तर डिजिटल माध्यमको कारोबारमा पनि प्रशस्त ठगिहरु पनि भइरहेको छ । र नयाँ किसिमको इनोभेटिब टेक्नोलोजिको एड्भान्समेन्टको फलस्वरुप आफ्ना सम्पत्तिहरु लगाउने अभ्यासहरु पनि भएको छन् । कुनै पनि काम गर्दा खतराहरु आउँदैन् भन्ने हुँदैन त्यसलाई रोकथाम गर्नमा हामी लाग्नुपर्छ । हामी सबै स्टेक होल्डरले ।’